परिचय

भक्तपुर डिभिजन बन कार्यालय, बागमती प्रदेश सरकार, वन तथा वातावरण मन्त्रालय मातहतको वन निर्देशनालयअन्तर्गत सञ्चालित एक महत्वपूर्ण प्रशासनिक इकाई हो। यस कार्यालयको स्थापना बन विभागको संगठनात्मक संरचनाअन्तर्गत वि.सं. २०४२ मा भएको हो। वि.सं. २०३३ मा राष्ट्रिय बन नीति लागू भएपछि देशभर डिभिजन वन कार्यालयहरू स्थापना गर्ने नीतिअनुसार भक्तपुरमा पनि यसको आधार तयार भए‌को थियो। वि.सं. २०४० मा बिकेन्द्रीकरण नीतिअनुसार जिल्ला-स्तरीय बन कार्यालयहरूको पुनर्गठन भई वि.सं. २०४२ मा भक्तपुर डिभिजन वन कार्यालय औपचारिक रूपमा स्थापित भएको हो। नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७४।०३।३२ को निर्णयबाट स्वीकृत संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनले यो कार्यालयलाई भक्तपुर जिल्लाको बन, सिमसार, र जलाधार क्षेत्रको दिगो व्यबस्थापनको जिम्मेवारी प्रदान गरेको छ। यसको कार्यालयको भवन मध्यपुर थिमी नगरपालिका, बडा नं. २. सानोठिमी मा अवस्थित छ, जुन जिल्लाको केन्द्रीय भागमा रहेकाले प्रशासनिक कार्य, स्थानीय समन्वय, र वन क्षेत्रको अनुगमनमा सहजता प्रदान गर्छ।